१६ फाल्गुन २०८२, शनिबार

पूर्व सांसद एवं नेकपा नेता चौधरी जसपा नेपालमा प्रवेश




सप्तरी/ नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सप्तरीको क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका वडा नम्बर ३ कचन्दाहाका चौधरीलाई शनिवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गम्छा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

०५१ सालको मध्यावधी निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन क्षेत्र नम्बर ४ बाट चौधरी सांसद पदमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका थिए ।

पुराना कम्युनिष्ट नेताका रुपमा परिचित उनी सप्तरीमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार