डोटीमा जिप दुर्घटनामा चार जना घाइते

डोटी, फागुन १० गते/ डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटनाहुँदा चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाबाट डोटीकै दिपायल तर्फ गइरहेको सु.प.प्र.०३–००१–च ००१४ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय ६६ वर्षीया जुनधारा साउद, २१ बर्षीया शारदा साउद, १७ बर्षीय सिता साउद र गाडी चालक बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी बस्ने तीर्थ बोगटी घाइते भएका छन् ।
दुर्घटनामा परेर घाइते भएकाहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात थप उपचारका लागी कैलालीको धनगढी पठाइएको छ ।
बोगटान फुड्सिल गाउँपालिका ३ धौलाबस्ती गाउँ नजिकै कच्चि सडकमा जीप करिव १५० तल खसेको बताइएको छ ।




