अछाममा रास्वपाले नेकपाका उम्मेदवार डा. रावलको कार्यक्रम विथोल्न खोजेपछि

रामारोशन गाउँपालिका – ६ भटाकाटियामा शुक्रबार आयोजित नेकपाका उम्मेदवार डा. भीमबहादुर रावलको कार्यक्रम
धनगढी/ रवि लामिछाने र बालेन्द्र साह नेतृत्वसँग जोडिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले विहीबार नेकपाका क्षेत्रनम्बर १ का उम्मेदवार भीमबहादुर रावलको सभा विथोल्न खोजेका छन् ।
रास्वपा समर्थकहरू घण्टी बजाउँदै पुगेपछि तनाव उत्पन्न भएको नेकपाले जनाएको छ। रामारोशन गाउँपालिका–५ स्थित सभास्थलमा बोलेरो गाडीमा आएका कार्यकर्ताले ठूलो आवाजमा माइक बजाउँदै कार्यक्रम प्रभावित पार्न खोजेको आरोप छ।
निर्वाचन प्रचार प्रसार समितिका संयोजक शेरबहादुर कुँवरले सभामा सहभागीलाई उत्तेजित बनाउने उद्देश्यले यस्तो गतिविधि गरिएको भन्दै आपत्ति जनाएका छन्। नेकपा पक्षले यसलाई आचारसंहिता विपरीत भन्दै स्थानीय प्रशासनसँग कारबाहीको मागसमेत गरेको छ।
सो घट्नाको नेता कुँवरले विज्ञप्ती जारी गरेर विरोध गरेका छन् ।





