७ फाल्गुन २०८२, बिहीबार

कैलाली–४ का एमाले उम्मेदवार भट्टको घोषणापत्र सुरुङ मार्गदेखि केबुलकारसम्मका योजना



धनगढी/ नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले आफ्नो चुनावी प्रतिबद्वतापत्र सार्वजनिक गरेका छन् ।

एमालेका केन्द्रीय उपमहासचिव समेत रहेका भट्टले बिहीबार आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, उद्योग, पर्यटनदेखि सुशासन र राष्ट्रिय गौरवका आयोजनासम्मका योजनाहरू अघि सारेका हुन्।

गोदावरीलाई प्रदेश राजधानी बनाउने योजना कार्यान्वयन गर्ने योजनालाई पनि प्राथमिकताका साथ अघि सारेका छन् ।

डोटीबाट अत्तरियासम्मको राजनीतिक यात्रा सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, साविक गडसेरा गाविस ९हाल जोरायल गाउँपालिका–५० मा मध्यमवर्गीय परिवारमा जन्मिएका भट्ट हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा स्थायी बसोबास गर्दै आएका छन्।

विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय भट्ट हाल नेकपा ९एमाले० को केन्द्रीय कमिटी उपमहासचिवको जिम्मेवारीमा छन्।

यसअघि यही क्षेत्रबाट निर्वाचित भई संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका उनले स्थिर सरकारको अभावका कारण अधुरा रहेका विकास योजनालाई पूर्णता दिन पुनः जनमत मागेका छन्।

“काम गर्छौं, काम देखाउँछौं” भन्ने नारासहित उनले विकासमा निरन्तरता र राजनीतिक स्थायित्वलाई आफ्नो मूल एजेन्डा बनाएका छन्।

शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता भट्टले सुदूरपश्चिमको स्वास्थ्य तथा शैक्षिक पूर्वाधार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेका छन्।

उनले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लाई ६०० शैय्याको अस्पतालमा स्तरोन्नति गर्दै एमबीबीएसको पठनपाठन सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

साथै, सिकलसेल एनिमियाबाट प्रभावित थारु समुदायका लागि सोही विश्वविद्यालयमा छुट्टै अनुसन्धान विभाग स्थापना गर्ने योजना अघि सारेका छन्।

सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा, आईसीटी मार्फत शिक्षण, प्राविधिक शिक्षा विस्तार, एक विद्यालय–एक खेल प्रशिक्षक कार्यक्रम, शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन जस्ता विषयलाई उनले प्राथमिकता दिएका छन्।

प्रदेशस्तरीय रंगशाला निर्माण र ‘एक पालिका–एक खेल मैदान’ अवधारणा कार्यान्वयनका लागि म्एच् तयार गरी अघि बढ्ने उनले जनाएका छन्।

सडक, सुरुङ र तटबन्ध
भौतिक पूर्वाधारतर्फ धनगढी–दिपायल सडक स्तरोन्नति, उरयी नाका ९ताक्लाकोट० फास्ट ट्र्याक निर्माण र निर्वाचन क्षेत्रभित्र आवश्यक सडक सञ्जाल विस्तार गर्ने योजना उनले सार्वजनिक गरेका छन्। दूरी घटाउन तीन स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

बाढी, पहिरो र नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण, आवश्यक स्थानमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माणमा पहल गर्ने उनको योजना छ।

कृषि, सिँचाइ र ऊर्जा
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण कार्यलाई तीव्रता दिने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण, प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना र रासायनिक मल उत्पादन केन्द्र स्थापनाको पहल गर्ने प्रतिबद्धता भट्टले जनाएका छन्।

चुरे गाउँपालिकालाई कफी, सुन्तला तथा नगदेबालीको पकेट क्षेत्र बनाउने, तरकारी पकेट क्षेत्र विकास गर्ने, १ घर–१ धारा अभियान सञ्चालन गर्ने, सिँचाइ सुविधा विस्तार गर्ने तथा विद्युतिकरण नभएका बस्तीमा शीघ्र विद्युत् विस्तार गर्ने योजना उनले अघि सारेका छन्।

औद्योगिकीकरण र रोजगारी
गोदावरी नगरपालिकाको हरैया औद्योगिक करिडोर, आयल निगम भण्डारण केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना जस्ता योजनालाई कार्यान्वयनमा ल्याई रोजगारी सिर्जना गर्ने उनले बताएका छन्।

कृषिमा आधारित उद्योग, शीत भण्डारण निर्माण, सीपमूलक तालिम सञ्चालन र दलित तथा विपन्न समुदायको आर्थिक सशक्तीकरणमा जोड दिने उनको एजेन्डा छ।

पर्यटन र सांस्कृतिक संरक्षण
धार्मिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै उनले गोदावरी धाम, चुरे ग्वासी समैजी धाम, मोहन्याल मन्दिर र मष्टा धाम लगायतका धार्मिक स्थललाई धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि सारेका छन्।

नायल ताललगायत तालतलैयाको संरक्षण, होमस्टे प्रवर्द्धन, सांस्कृतिक संग्रहालय स्थापना र गोदावरी–बुढीतोला केवलकार निर्माणमा पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

सुशासन र राष्ट्रिय गौरवका आयोजना
भट्टले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, सेवा प्रवाह छिटोछरितो बनाउने र नियमित सार्वजनिक सुनुवाइ गर्ने बताएका छन्।

राष्ट्रिय गौरवका आयोजनामा पश्चिम सेती जलविद्युत आयोजना निर्माण, दोधारा–चाँदनी ड्राइपोर्ट विकास, हरैया औद्योगिक क्षेत्रलाई विशेष व्यापार क्षेत्र बनाउने र गेटा विमानस्थल लाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने एजेन्डा समेटिएका छन्।

मतदातासँग अपिल
लोकतन्त्रको मूलशक्ति जनमत भएको उल्लेख गर्दै भट्टले कैलाली–४ का सम्पूर्ण मतदातासँग सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।

“विकासमा निरन्तरता, जनताको हितमा राजनीति” र “राष्ट्र, राष्ट्रियता र राजनीतिक स्थायित्वका लागि दृढ संकल्प” उनका मुख्य चुनावी नारा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार