रवि लामिछाने थुनामुक्त, ठूला दलसंग प्रतिशोध लिने

काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शुक्रबार अपराह्न थुनामुक्त भएका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि रिहा भएका हुन्।
उच्च अदालतले बिहीबार शर्तसहित थुनामुक्त गर्न आदेश दिएपछि रुपन्देही जिल्ला अदालतमा हाजिर भई आवश्यक प्रक्रिया पूरा गरेसँगै उनी औपचारिक रूपमा जेलमुक्त भएका थिए। अदालतको आदेशअनुसार उनी अब जेलबाहिर रहेर आफ्ना गतिविधि गर्न पाउनेछन् भने विदेश जानु परेमा अदालतको अनुमति लिनुपर्ने शर्त तोकिएको छ।
नख्खु कारागारबाट रिहा भएपछि उनलाई प्रहरीको साथमा चितवनको भरतपुर हुँदै स्थलमार्गबाट भैरहवा लगिएको थियो। रुपन्देही जिल्ला अदालतमा हाजिर भएपछि भैरहवामा उनले छोटो सम्बोधन गरेका थिए।
उक्त सम्बोधनमा लामिछानेले ठूला राजनीतिक दलहरूलाई लक्षित गर्दै देशमाथि ठूलो अन्याय भएको टिप्पणी गरे। उनले भने,
“यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि भएको अन्याय केही पनि होइन। यो सबैको हिसाब गर्न बाँकी नै छ। त्यो हिसाब मिलाएपछि म विस्तृत रूपमा बोल्नेछु।”
उनले न्याय प्राप्ति अझै बाँकी रहेको उल्लेख गर्दै देशले चाँडै न्याय पाउने आशा व्यक्त गरे। “मलाई धेरै कुरा भन्न बाँकी छ। बोल्ने समय आइरहेको छ,” उनले भने, “विश्वासका साथ निरन्तर सहयोग गर्ने सबैलाई धन्यवाद। आज थोरै बोलेँ, बोल्ने दिन अवश्य आउनेछ।”





