१ श्रावण २०८२, बुधबार

राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता हेटौंडामा सम्पन्न



हेटौंडा । हेटौंडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतिस्पर्धा अन्तर्गर १५० मिटरको खेलमा १२ बर्ष भन्दा माथिका उमेर समूह र ९० मिटरको खेलमा १२ बर्ष भन्दा कम उमेर समुहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौंडास्थित हेटौंडा स्केट पार्कमा सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा चार बिधा अन्तर्गत १२ वर्ष भन्दा कम उमेर समुहका र १२ वर्ष माथी उमेर समुहका महिला तथा पुरुष खेलाडीहरु सहभागी थिए।

जसमा पुरुष तर्फ १२ वर्ष भन्दा कम उमेर समुह अन्तर्गत डिकन महतारा प्रथम, आयुस स्याङ्ग्तान द्धितिय भएका छन् भने १२ वर्ष माथी उमेर समुह रहेको खेलमा बज्र दोङ प्रथम, सुनिल लामा द्धितिय र आयुश् रुम्बा तृतीय भएका छन् ।

महीला तर्फ १२ वर्ष मुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्धितीय, समिस्ता प्रधान तृतीय भएका छन् भने १२ वर्ष माथीको बिधामा काठमाडौंकी मुस्कान मगर प्रथम, नायना शाक्य द्धितीय, आयुश्मा शाही ठकुरी तृतीय भएका छन् ।
उक्त प्रतियोगितामा महिला तर्फ १२ वर्ष मुनि रश्मी सुचिकार, १२ वर्ष माथी निशिका लामा र पुरुषतर्फ १२ वर्ष माथी सुशिल श्रेष्ठ उत्कृष्ठ स्केटर खेलाडी बन्न सफल भएका छन्।

करिब १०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितालाई मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानले उद्घाटन गरेका थिए ।

सो प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमशः दश हजार, पाँच हजार र तिन हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिए ।

साथै प्रतियोगिताका प्रत्येक विधाका उत्कृष्ठ स्केटर खेलाडीहरुलाई ट्रफि, प्रमाणपत्रसहित नगद दूई हजार प्रदान गरिएको महासचिव थापाले बताए।

यस प्रतियोगितामा निर्णायकको भूमिकामा दिलिप राज बराल, पासाङ लाम्हु शेर्पा, प्रशुना लामा, योगिना श्रेष्ठ र बिकास लामा रहनु भएको थियो।

उक्त प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा रोलर स्केटिङ्ग खेलको बारेमा तथा रोलत स्केट खेलको निति नियम तथा प्राविधिक पक्षको बारेमा स्केटिङ्ग तथा स्केट बोर्डिङ्ग संघका प्रमुख प्रशिक्षक दिलिपराज बरालले जानकारी दिए ।

सो संघका अध्यक्ष अच्युत खनालले खेल प्रवाभकारी रहि प्रतियोगिता सफल होस् भनेर शुभकामना सन्देश पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार