१ श्रावण २०८२, बुधबार

नेतृ पाण्डेको “भुइँ मान्छे” को पुस्तकको धनगढीमा चर्चा




धनगढी / नेपाल बुद्धिजीवी परिषद् कैलालीको आयोजनामा धनगढीमा डा. विन्दा पाण्डेयद्वारा लिखित पुस्तक “भुइँ मान्छे” को पुस्तक चर्चा परिचर्चा गरिएको छ।

कार्यक्रममा पुस्तककी लेखक डा. विन्दा पाण्डेय स्वयंको उपस्थितिमा पुस्तकको विषयवस्तु, सन्देश र समसामयिक सन्दर्भमा विश्लेषणमूलक छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य गरिमा शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, जानकी कुँवर, नेकपा (एमाले) का सुदूरपश्चिम सचिव रणबहादुर चन्द, पुराना नेता नवराज जोशी,जीवन राई, यज्ञराज बास्तोला, हनुमान चोधरी, नन्दलाल जोशी, खेमराज पाण्डेय लगायत बुद्धिजीवी, राजनीतिककर्मी र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले “भुइँ मान्छे” ले समाजका असल मूल्य, संघर्षशीलता र समानताका पक्षमा उठाएका विषयवस्तुलाई उल्लेखनीय बताउँदै यस्ता कृतिहरूले समाज रूपान्तरणमा टेवा पुर्‍याउने धारणा राखेका थिए।

सो पुस्तकमा कम्यूनिष्ट आन्दोलन र टुटफुट, भमिगत राजनीति र पञ्चायतको दमन लगायतका विषय समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार