संस्कार क्रिकेट लिग टी–२० सिनियर प्रतियोगिता हुने

धनगढीमा चैत ३० देखि वैशाख ७ गतेसम्म सञ्चालन हुने टिम ११ संस्कार क्रिकेट लिग टी–२० सिनियर प्रतियोगिता हुने भएको छ ।
आयोजक संस्था गोदावरी नगरपालिका–८ अन्तर्गत रहेको संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा कैलालीका १२ र एक डोटीको गरी जम्मा १३ वटा टिमहरू सहभागी हुने छन् । प्रतियोगिताको मुख्य प्रायोजक टिम ११ काठमाडौँ रहेको र अन्य स्थानीय स्तरमा रहेका संघ संस्थाले प्रायोजन गरेर साथ दिएको प्रतियोगिताका निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरे ।