सरकारी बैक बने विजेता र उपविजेता

धनगढी / नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्टिय वाणिज्य बैक सुदूरपश्चिम समितिले आयोजना गरेको अन्तरबैक ब्याडमिन्टन प्रतियोगिताको उपाधी सरकारी बैकले जितेको छ ।
शनिबार धनगढीमा भएको प्रतियोगितामा कृषि विकास बैक विजेता बन्यो भने राष्ट्रिय वाणिज्य बैकले उपविजेतामै चित्त बुझाउनु पर्यो। त्यसैगरी एनएमवि बैक र नवजीवन सहकारी संस्था तृतीय भए । प्रतियोगितामा विभिन्न बैक तथा वित्तिय संस्थाबाट १६ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय टिमले क्रमश दश हजार, छ हजार र दुई हजार पाच सय नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् । ब्याडमिन्ट प्रतियोगिताको प्रथम पुरस्कार उग्रतारा टेड एण्ड विजुली भण्डार अत्तरिया र दितीय पुरस्कार श्री जय मष्टा टे«ड एण्ड सप्लायर्स धनगढीले प्रायोजना गरेको छ ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्यको ३५ औं वार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता आयोजना भएको हो । समितिले हरेक वर्ष बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा आपसी सद्भाव तथा हार्दिकता विकास गर्ने उदेश्यले खेलकूद प्रतियोगिता गर्दै आएको छ ।
यस वर्ष पनि ब्याडिमन्टन तथा फुटसल प्रतियोगिता आयोजना गरिएको छ । ब्याडिमन्टन प्रतियोगिता सम्पन्न भए पनि फुटसल प्रतियोगिता भने आगामी चैत्र २३ गते हुने नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य सुदूरपश्चिम समितिका अध्यक्ष दिपेन्द्रबहादुर भण्डारीले बताए ।
प्रतियोगिताको उद्धाटन राष्ट्रिय वाणिज्य बैक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख राजेन्द्र आचार्यले गरेका थिए । उनले खेलकूदले कर्मचारीमा असल सम्बन्ध विकास भई कार्यजीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए ।
अन्तरबैक फुटसल तथा ब्याडन्टिन प्रतियोगिता अन्र्तगत फुटसल प्रतियोगितामा प्रथम हुने टिमल २१ हजार, द्धितीय हुने टिमले १५ हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । ती पुरस्कार चैत २३ गते वितरण गरिने भएको छ ।
प्रतियोगितामा टाइटल स्पोन्सर राष्ट्रिय वाणिज्य बैक, मुख्य प्रायोजक मालिकार्जुन हार्डवयर प्रालि, शैक्षिक पार्टनर चैतन्य पाठशाला, सह प्रायोजकमा नेपाल कापी उद्योग उत्तरिया, तौसी टे«डर्स धनगढी रहेका छन् ।


