९ चैत्र २०८१, आईतवार

इन्टर स्कुल राष्टिय स्केट राष्ट्रिय प्रतियोगिता सम्पन्न



काठमाडौ/आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । ज्ञान संस्कार सर्वाधिक ६१ अंक जोड्दै टिम च्याम्पिय बनेको हो ।

प्रतियोगितामा २७ अंकसाथ श्री शिवा दोश्रो भयो । तेश्रो स्थानको अल्कापुरीले ७ अंक जोड्यो । ज्ञान संस्कार इन्टर स्कुलको परिसरमै काठमाडौको सामाखुसीमा भएको सो प्रतियोगितामा ४ देखि १४ वर्षका बालबालिकाकालाई छ वटा उमेर समूहमा राखेर खेलाइएको थियो ।

२०० बालबालिका सहभागी सो प्रतियोगितामा क्रमश प्रि स्कुलतर्फ ज्ञान संस्कारका छात्रा त्रृसा बजगाई, छात्रमा अनेबल किड्स स्कुलका प्रियान्स श्रेष्ठ, अन्डर ६ व्याइजमा श्री शिव स्कुलका सात्स्वतराज बिडारी, छात्रातर्फ ज्ञान संस्कारकै स्वोरा खनाल, ६ देखि ८ उमेर समूहमा ज्ञान संस्कारका छात्रातर्फ आर्या कार्की, छात्रतर्फ श्री शिव स्कुलका केन्जो राईले स्वर्ण दिलाए ।

यस्तै ८ देखि १० वर्ष उमेर समूहमा ज्ञान संस्कारका छात्रातर्फ जियना अर्याल, छात्रमा श्री शिव स्कुलका  राजमान गुरुङ, १० देखि १२ वर्ष उमेर समूहको प्रतियोगितामा छात्रातर्फ श्री शिव स्कुलका आशिया तामाङ, छात्रतर्फ एसिया प्यासिभिक स्कुलका प्रिन्स श्रेष्ठ, १२ देखि १४ वर्ष उमेर समूहमा छात्रातर्फ ज्ञान संस्कार स्कूलकी सान्भी श्रेष्ठ, छात्रतर्फ अलकपुरी स्कुलका अमन चौधरीले स्वर्ण दिलाए।

छात्रतर्फ ज्ञान संस्कार इन्टर स्कुल र नेपाल सरकारको आधिकारिक खेलकुद संस्था राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका २७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

सो प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विद्यालयस्तरबाट उठ्न खोजेको यो खेलबाट नेपाली खेलाडीले ओलम्पिकमा मेडल जित्ने विश्वास व्यक्त गरे ।

उनले नयाँ खेल भएकोले बालबालिकाको रोजाइमा परेको र अनलाइनमा रम्ने लत छुटाउएको बताउदै विद्यालयले यो खेल आयोजना गर्नु खुसीको कुरा भएको बताए ।

उनले कुनै दिन यही खेलका कारण ज्ञान संस्कार इन्टर स्कुलका विद्यार्थीले नेपालकै गौरव कायम गर्न सक्ने आशय पनि व्यक्त गरे ।

सो अवसरमा बोल्दै नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले प्रतियोगिताले विद्यालय स्तरमा सञ्चालन हुने स्केटिङलाई विशेष उत्साह जगाउने कुरामा हामीलाई विश्वास लागेको बताए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला, ज्ञान संस्कार इन्टरनेशनल स्कुल व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बडु, ज्ञानसंस्कारकी प्रधानाध्यापक निलम बानिया बडु लगायतले एक कार्यक्रमबीच पुरस्कृत वितरण गरे ।

प्रधानाध्यपक बडूले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार