स्केटिंङ् खेल स्कुल स्तरमा प्रबद्र्धन गर्न सम्झौता

काठमाडौ/नेपाल स्केटिंङ् तथा स्केटबोर्डिंङ् संघ र विद्यालय खेलकुद महासंघ बीच स्केटिंङ् खेल स्कुल स्तरमा प्रबद्र्धन गर्न सम्झौता भएको छ।
बिहिबार एक कार्यक्रमका बीच नेपाल स्केटिंङ् तथा स्केटबोर्डिङ् संघका अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेर सम्झौता आदान प्रदान भएको छ ।
सो सम्झौताले स्केटिंङ् खेल विद्यालय स्तरमा व्यापक रुपमा अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा नेपाल स्केटिंङ् तथा स्केटबोर्डिंङ् संघका अध्यक्ष अच्युत खनाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ तथा अन्तराष्ट्रिय विद्यालय खेलकुद महासंघका सदस्य राजकुमार कार्कीले यस सम्झौताले स्केटिंङ् खेलको विकासमा महत्पूवर्ण योगदान पुग्ने भनाइहरु राखे ।
