२६ माघ २०८१, शनिबार

ज्ञान संस्कार इन्टर स्कूल राष्ट्रिय स्केट प्रतियोगिता हुँदै




काठमाडौ/ काठमाडौमा ज्ञान संस्कार इन्टर स्कूल राष्ट्रि«य स्केट प्रतियोगिता हुने भएको छ ।

ज्ञान संस्कार इन्टरनेशनल स्कूलका प्रधानाध्यापक निलम बाँनिया बडुका अनुसार सो स्कुलले नेपाल सरकारको आधिकारिक खेलकुद संस्था राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसंगको संयुक्त आयोजनामा प्रतियोगिता गर्ने भएको छ ।

आगामी माघ २६ गते शनिबार हुने सो प्रतियोगितामा ४ देखि १६ वर्ष उमेरका २०० बालबालिका सहभागी हुने छन् ।
बुधबार सामाखुशीस्थित सो स्कुलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यपक बडुले सो प्रतियोगितामा सहभागीता गराउनका लागि नेपालका सातै प्रदेशका विद्यालयहरुमा खबर गरिएको बताइन । स्केटिङ तथा स्केटबोर्डिङमा रुची राख्ने विद्यालयबाट सहभागिता हुने अपेक्षा पनि उनले गरिन ।

यो नयाँ खेल भएकोले बालबालिकाले रुचाउने गरेका छन् त्यसैले हामीले दोस्रो वर्ष पनि यो प्रतियोगिता आयोजना गरिरहेका छौ उनले भनिन, यो प्रतियोगिता आगामी दिनमा पनि सञ्चालन गरिरहने छौ । उनले २०७९ सालमा स्थापना भएको आफ्नो स्कुलका ८ जना विद्यार्थीले २०२४ मा भारत भएका प्रतियोगितामा भाग लिएको पनि बताइन ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तराष्ट्रिय स्तरमा सञ्चालन हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने भएको हुँदा देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहने विश्वास पनि प्रधानाध्यापक बडुलेले गरिन ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफि, मेडल तथा प्रमाण पत्र उपलब्ध गराइने छ भने द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाण पत्र र मेडल उपलब्ध गराइने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको प्रमाण पत्र उपलब्ध गराइने छ ।

यस प्रतियोगिताले विद्यालय स्तरमा सञ्चालन हुने स्केटिङलाई विशेष उत्साह जगाउने कुरामा हामी विश्वस्त छौँ राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापा युवा माझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेल आधिकारिक रूपमा नै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनोस् भन्ने हाम्रो उद्धेश्यले यस्ता प्रतियोगिता गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार