३१ भाद्र २०८१, सोमबार

स्व. आमाको सम्झनामा सांसद पाठकले गराए असाहयलाई भोजन




धनगढी/ प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) का नेता धर्मराज पाठकले धनगढीको दृष्टि फाउन्डेसन परिवारलाई बुधबार बिहानको खाना उपलव्ध गराएका छन् । सो फाउन्डेसनमा बेसाहराहरुको बसोबास छ ।

प्रदेश सभाका सदस्य पाठक आमा महेश्वरीदेवी पाठकको सम्झनामा दृष्टि फाउन्डेसन परिवारलाई बिहानको भोजन सेवा गराएका हुन ।

भोजन खुवाउन प्रदेश सभा सदस्य पाठक, उनकी श्रीमती ज्ञानु पाठक र छोराहरुका साथमा दृष्टी फाउन्डेसनमा पुगेका थिए ।

सो कार्यको फाउन्डेसन परिवारले स्वागत गरेको छ । हाम्रो सेवा घरको समस्यालाई मध्येनजर गरी भोजन सेवामा सरिक हुनु हुने मनकारी महान मनलाई हृदयको गहिराइदेखि नै धन्यवाद साथै आभार प्रकट गर्न चाहन्छौं फाउन्डेसनले फेसबूक पेजमा उल्लेख गरेको छ ।

आफ्ना लागि बाच्नेको एक दिन मरण हुन्छ
अरुका लागि बाँच्नेको सदा स्मरण हुन्छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार