३१ भाद्र २०८१, सोमबार

मिस माल्टा चेरिस स्पिटेरीलाई नेपालमा भव्य स्वागत



युरोप/ मिस माल्टा चेरिस स्पिटेरीलाई नेपालमा भव्य स्वागत गरिएको छ । नेपाल भ्रमणका लागि माल्टाबाट साउन १४ गते काठमाडौं आइपुगेकी स्पिटेरीलाई नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाँका टोपी फूलमाला र खादा लगाई स्वागत गरिएको हो ।

टर्किस एयरलाइन्सको विमान मार्फत् सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्पिटेरी अवतरण गरेकी हुन् ।

स्पिटेरीलाई नेपाल पर्यटन बोर्डका प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेम्स खनाल, उपाध्यक्ष सत्य झा लगायत पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरूले पञ्जेबाजा बजाएर नेपाली ढाँका टोपी फूलमाला र खादा लगाई स्वागत गरेका थिए ।

पहिलो पटक एकसाता नेपाल भ्रमणमा रहेकी स्पिटेरीले नेपालीले गरेको सम्मानले आफू निकै खुसी भएको बताइन् । नेपाली मौलिक पञ्जेबाजाको साथमा नेपालको पहिचान नेपाली ढाँका टोपी शीरमा लगाई फूलमाला र खादाले म लयायत मेरो टिमलाई नेपालले गरेको सम्मान सधैं सम्झी रहने उनले बताइन् ।

नेपालको पर्यटन प्रर्वद्धनमा आफूले सधैं सहयोग गर्ने बताउदै नेपाल र माल्टा दुई देश बीचको सम्बन्ध सुमधुर बनाउनमा पनि आफूले भूमिका खेल्ने स्पिटेरीले बताएकी छन् ।

स्टेफेरीलाई नेपाल भ्रमणमा सघाई रहेका एनआरएनए माल्टाका अध्यक्ष खनालले नेपाल भ्रमणमा आउन चाहेको मिस माल्टाको टिमलाई एनआरएनए माल्टा, माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारी र मिस माल्टामा कोरियोग्राफरका रुपमा काम गरेका नेपाली सुजित बस्यालले निरन्तर सहयोगका लागि समन्वय गर्ने काम गरेको बताए ।

मिस माल्टामा विजेता भएपछि चेरिस स्पिटेरी लगायतको टिमलाई एनआरएनए माल्टाले आफ्नै कार्यलयमै निमन्त्रणा गरी सम्मानपत्रले सम्मान गरेको खनालले बताए ।

त्यसैगरी स्टेफेरीलाई नेपाल भ्रमणमा सघाई रहेका एनआरएनए माल्टाका उपाध्यक्ष सत्य झाले मिस माल्टाको नेपाल भ्रमणले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । अब नेपालको बारेमा मिस माल्टा चेरिस स्पिटेरी मार्फत माल्टा तथा युरोपवासीले थाहा पाउनेछन् ।

मिस माल्टाको नेपाल भ्रमणकै प्रभावका कारण युरोप लयागतका अन्य देशबाट पर्यटकहरु नेपाल घुम्न आउने झा बताउँछन् ।

नेपालबाट पत्रकारसंग कुरागर्दै झाले मंगलबार नेपाल पर्यटन मन्त्रालयमा स्टेफेरीले समन्वय भेटघाट गरेको जानकारी दिएका छन् ।

पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल भ्रमणमा रहेको स्टेफेरीको एक टिमलाई मन्त्रालयमा खादा लगाइ स्वागत गरेको झाले बताए ।

मन्त्रीलाई उद्धित गर्दै झाले भने, “ आफू मन्त्री भएपछि पहिलो पटक तँपाईलाई पर्यटकको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको छ । माल्टा र नेपालको सम्बन्ध अझैं राम्रो बनाउन मिलेर काम गर्नु पर्छ भन्ने मन्त्रीको कुरामा स्टेफेरीले आफूले नेपालको पर्यटनमा सहयोग पुग्नेगरी प्रभावकारी भूमिका खेल्ने बताएकी थिइन् ।

माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारी र मिस माल्टामा कोरियोग्राफरका रुपमा काम गरेका नेपाली सुजित बस्याल पनि मिस माल्टाको टिमसंगै माल्टाबाट नेपाल आएका छन् ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवन सहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले बताए ।

मिस माल्टा चेरिस स्पिटेरीको टिमले एकसाता नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किने कोरियोग्राफर सुजित बस्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार