३१ भाद्र २०८१, सोमबार

धनगढीमा हैजाको जीवाणु भाडामा भेटियो




धनगढी/ धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ पशुपति टोलका असुरक्षित तरिकाले भाडामा पानी राखेर प्रयोग गर्दा हैजा देखिएको पुष्टी भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले गरेको परीक्षण गरेपछि सो तथ्य फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठका अनुसार खानेपानी संस्थानले वितरण गरेको पानीमा हैजाका जीवाणु छैनन् , स्थानीयले प्रयोग गर्ने र पानी भण्डारण गर्ने भाडामा जिबाणु देखिएको छ ।


उनले पशुपति टोलका ५० घरमा पानी सफा राख्ने प्युस बाँडिएको र उनीहरुमा हैजा भए/नभएको परीक्षण गर्न दिसाको नमुना संकलन गरिएको बताए ।

नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र साहले आफूहरुले पानी शुद्ध तथा खानयोग्य बनाएर खानेपानी वितरण गरिरहेको बताए ।

दुई दिन अगाडि पशुपति टोलका दुई जनामा हैजा पुष्टी भएको थियो । उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालयले वर्षातको समयमा पानी विभिन्न तरिकाले दुषित हुने हुँदा सतर्कता अपनाउनु सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार