१७ असार २०८१, आईतवार

चुरेको स्वास्थ्य कार्यक्रम बारे जानकारी आदानप्रदान




धनगढी/ फाया नेपालले कैलालीको चुरे गाउँपालिकामा काम गर्दै आएको परियोजनाको प्रगति एवम् आगामी कार्य योजनाका बारेमा जानकारी गराएको छ ।

बिहिबार धनगढीमा मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रर्वद्धन परियोजनाको वार्षिक प्रगति तथा आगामी कार्ययोजना सम्बन्धी जानकारी आदानप्रदान कार्यक्रम यस्तो जानकारी गराएको हो ।

फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा चुरेमा मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ ।

२०२३ को मार्चदेखि चुरे गाउँपालिकामा काम गर्दै आएको परियोजना व्यवस्थापक लालबहादुर महराले बताए । आगामी वर्षमा सामुदायिक इकाईको स्वास्थ्य भवन बनाउने कार्यक्रम रहेको छ । त्यसका लागि प्रक्रिया अगाडि बढी सकेको छ । पालिकामा ग्रामीण अल्ट्रासाउन्डका लागि यस अघि तीन जना नर्सिङ स्टापबाट स्वास्थ्य सेवा दिने गरेकामा अव थप तीन जना गरेर छ जनाले सेवा दिने छन् ।

नयाँ कार्यक्रम १६ मार्च २०२४ देखि सुरु भएर १५ मार्च २०२५ सम्म सञ्चालन हुनेछ । यस अवधिमा चुरेका छवटा वडामा मोबाइल क्याम्प समेत सञ्चालन हुनेछन् । यसअघि सञ्चालन हुँदै आएको कार्यक्रम वेविकिट दिने कार्यक्रमकलाई पनि निरन्तरता दिइने छ ।

कार्यक्रममा यसअघि पनि चुरेको खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको जानकारी परियोजना व्यवस्थापक महराले जानकारी गराए । उनका अनुसार यसअघि गर्भवती महिलाहरुको परिवारका सदस्यहरु समेत सहभागितामा सचेतनाका कार्यक्रम सञ्चाल गरेको हो ।

यसअघिको कार्यक्रममा तीन सय जनाले त्यस्तो सेवा लिएको थियो । गर्भवती महिलाहरुको घरमा नै पुगेर त्यस्ता कार्यक्रम सञ्चालन गरको कार्यक्रममा जानकारी गराएको छ । यस्तैगरेर विद्यालयहरुमा किशोर किशोरीलाई स्वास्थ्यको बारेमा विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गराएको परियोजना संयोजक महराको भनाई रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले परिणाममुखी र केही कार्यक्रम थप गर्न संस्थालाई सुझाएका थिए ।

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका सामाजिक विकास अधिकृत हेमराज खड्काले स्थानीय सरकारको समन्वयमा परिणाममुखी कार्यक्रम गर्न आवश्यक रहेको सुझाव दिएका थिए । धेरै कार्यक्रम भन्दा पनि काम गरेर सफल बनाउन आवश्यक रहेको उनले बताए ।

सहभागीहरुले समाजमा हुने महिला हिंसाका कार्यक्रमलाई पनि परियोजनामा समट्न सुझाएका थिए । फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए ।

उनले कैलाली सुगम जिल्ला हुँदा पनि स्वास्थ्य सेवा लिनको लागि सात घण्टासम्म हिड्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । त्यस्ता ठाउँमा स्वास्थ्य सेवालाई सहज बनाउन संस्थाको उदेश्य रहेको बताए । कार्यक्रममा सरकारी एवम् गैरसरकारी संघ,संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार