१४ असार २०८१, बिहीबार

सेफ सोसाइटी माल्टाले पहिचानको लागि बनायो पोशाक



युरोप/ अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले आफ्नो पहिचानको लागि पोशाक बनाएको छ ।

केही समयअघि गठन भएको सेफ सोसाइटी माल्टाले एक कार्यक्रम आयोजना गरेर जुन १७ तारीखका दिन पोशाक सार्वजनिक गरेको सचिव सुन्दर घिमिरीले जानकारी दिएका छन् ।

बासुदेव भुसालको अध्यक्षतामा भएको पोशाक वितरण कार्यक्रममा सहभाभागी सेफहरुले पोशाक पाउदा खुसी लागेको बताएका छन् । युरोपको माल्टामा रहेका सेफहरुले माल्टामा नेपाली खानाको प्रवद्र्धन हुने गरेर रचनात्मक कामगर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।

भर्रखरै स्थापना भएको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले आफ्नो पहिचानको पहिलो चरणको पोशाक बनाउने काम सफलतापूर्वक पूरा गरेको अध्यक्ष भुसालले जानकारी दिए।

माल्टामा रहेर सेफको काम गर्दै आएका नेपालीहरु अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टामा आवद्ध भएर संगठित हुन थालेको भुसालले बताए ।

अप्रिल २२ तारिखका दिन गठन भएको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले सोही दिन पोशाक बनाउने निर्णय पारित गरेको थियो । भेलाले पारित गरेको निर्णयलाई कार्यन्वयन गर्दै पोशाक तयार पारिएको उपाध्यक्ष राजु अर्याल (बाबु) ले बताएका छन् ।

नेपाली खानाको परिकारको बारेमा विदेशीहरुलाई जानकारी गराउन अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टा लागि परेको अर्याल बताउछन् । नेपाली खानाको प्रचार गर्दै विश्वमा नेपाली खाना चिनाउन सबै नेपालीहरु एकठाउँमा उभिनु पर्नेमा उनले जोड दिएका छन् ।

अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले विपन्न परिवार, असहाय र दिन दुःखीलाई सहयोग गर्ने हेतुले राहात कोष स्थापना गर्ने, सेफहरुको पहिचानको लागि (पोशाक) सेफकोट र परिचय पत्र बनाउने, मासिक बैठकमा संस्थाको हितको लागि लेवी रकम संकलन गर्ने, संस्थाको लोगो र छाप बनाउने निर्णय पहिलो भेलाले पारित गरेको अध्यक्ष भुसालले बताए ।

माल्टामा रहेका सबै नेपाली सेफहरुलाई एकिकृत गर्दै सदस्याता प्रदान गर्ने, प्रत्येक महिनाको पहिलो साताको सोमबारका दिन नियमित बैठक बस्ने, आर्थिक कारोबारका लागि नगदी रसिद बनाउने, संस्थाको आफ्नो फेसबुक आईडी, पेज, ह्वाट्सअप ग्रुप इमेल आइडी र टिकटक खोल्न गरिएको निर्णयलाई कार्यान्वयन गर्ने काम भएको उपाध्यक्ष अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार