१० श्रावण २०८१, बिहीबार

धनगढीमा पहिलो शिवपुरी खुल्ला फ्रेन्डसिप तेक्वान्दो राष्ट्रिय प्रतियोगिता



धनगढी/ सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शिवपुरी खुल्ला फ्रेन्डसिप तेक्वान्दो राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगिताको ट्रर्फि र मिति शनिवार सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह र धनगढी उपमहानगर पालिका ४ का वडाअध्यक्ष बुद्धिबहादुर खड्काले सार्वजनिक गरे ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका तेक्वान्दोका सिनियर प्रशिक्षक शेरबहादुर सिंह र सुदूरपश्चिम प्रदेशका सिनियर प्रशिक्षक मोहनप्रताप गुरुङ्ग, शिवपुरीधाम समितिका महासचिव एवम् उद्योगी समाजसेवी भीम कुँवर, कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझा, एवम् डोजाङ्ग प्रमुखहरु लगायतको उपस्थिति थियो ।

शिवपुरी खुल्ला फ्रेन्डसिप तेक्वान्दो राष्ट्रिय प्रतियोगिता असोजको २, ३, ४,र ५ गतेसम्म आयोजना गरिने भएको छ ।

सो प्रतियोगितामा प्रथमलाई ८५ हजार, दोस्रो ५० हजार र तेस्रोलाई ३० हजार दिइने प्रतियोगिताका संयोजक आशिष चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार