२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिमको खेलकुद टीम बागमती प्रस्थान



धनगढी/ बागमती प्रदेशले आयोजना गरेको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमको टीमलाई आज बिदाइ गरिएको छ ।

चैत २४ देखि बैशाख १ सम्म हुने सो प्रतियोगिताका लागि फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, पौडी, कराँते लगायतका नौ विद्यागत खेलका १८ महिला र पुरुषका टीम चितवनको भरतपुर प्रस्थान गरेको सुदूरपश्चिम खेलकूद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले बताए ।

सदस्य सचिव सिंहको नेतृत्वमा रहेको टीममा खेलाडी र अफिसियल गरेर २३३ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार