१७ बैशाख २०८१, सोमबार

साहित्यकार त्रिपाठी र बन्धु जनही एक लाख सहित पुरस्कृत हुने



धनगढी/ साहित्यकार प्रा.डा. श्री वासुदेव त्रिपाठी र प्रा.डा. चुडामणी बन्धु जनही एक लाख रुपियाँ राशि रहेको मनिराज वाङमय पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

प्रा.डा. त्रिपाठी मनिराज वाङमय पुरस्कार २०७८ बाट र प्रा.डा. बन्धु २०७९ बाट पुरस्कृत हुने भएका छन् ।

उनीहरुलाई धनगढीमा चैत २७ गते सो पुरस्कार समर्पण गरिने नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीका अध्यक्ष पद्मराज जोशीले बताए ।

मनिराज वाङमय पुरस्कारका स्थापनाकर्ता मनिराज जोशी कैलालीमा प्रखर साहित्यकार र जोतिष हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार