१९ बैशाख २०८१, बुधबार

सशस्त्र प्रहरी बलको बैद्यनाथ वाहिनीको २३ औं स्थापना दिवस मनाइयो



अत्तरिया/ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय अत्तरीया कैलालीको “२३औं स्थापना दिवस” बिहीबार मनाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको प्रमुख स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा नेपाली सेनाका पृतनापति, प्रदेश सरकारका मन्त्रालयका सचिवहरू, स्थानीय तहका प्रमुख, कैलाली तथा कञ्चनपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अमर सप्रक, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, भद्रभलाद्मी तथा बुद्दिजिविहरूको समेत उपस्थिति रहेको थियो ।

स्थापना दिवसको अवसरमा बृक्षारोपण, रक्तदान, धार्मिक स्थलहरुको सरसफाई,आन्तरिक रुपमा विभिन्न खेलकुद र हाजिरी जवाफ प्रतियोगिता, नेपाली सेना र नेपाली प्रहरीका अधिकृत सम्मिलित मैत्रीपुर्ण फुटबल प्रतियोगिता, शारिरीक सहिष्णुता प्रतियोगिता परिक्षा तथा अधिकृतस्तरको डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो।

सो अवसरमा समाजसेवी तथा बुद्धिजिवीहरुलाई कदर पत्र सहित सम्मान गरी वाहिनीबाट भएको निरीक्षण तथा अनुगमनको क्रममा उत्कृष्ट हुने नं. ३४गण हेडक्वाटर कैलाली, गुल्म हेडक्वाटर डडेल्धुरा, सुरक्षा वेश मजगाँव तथा विओपि जुगेडालाई प्रशंशा पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा स्थापना दिवसको अवसर पारेर वाहिनी मुख्यालयमा आन्तरीक रुपमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै बाहिनीको काम कारवाहीमा वर्षभरी उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरिएको बैद्यनाथ वाहिनी मुख्यालय अत्तरीयाका सूचना अधिकारी तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डे बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार