२० बैशाख २०८१, बिहीबार

प्रदेश सभाका तीन जना काठमाडौमै ,सुदूरपश्चिमका मुख्यमन्त्री शाहले अब के गर्लान



धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३ बजे विश्वासको मत लिने समय निर्धारण गरिएको छ ।

तर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने विश्वास गरिएका नागरिक उन्मुक्ती पार्टीका टीका थापा, कैलाश चौधरी र स्वतन्त्र डा. तारा जोशी काठमाडौमै रहेका छन् ।

सरकार कायम रहनलाई ५२ सदस्यीय प्रदेश सभाका २७ जना आवश्यकपर्छ । तीन जना अनुपस्थित भएपछि अव मुख्यमन्त्रीका पक्षमा २४ जना मात्रै रहने भएका छन् । उनका पक्षमा अब कांग्रेसका १८ र नागरिक उन्मुक्तीका पाँच जना मात्र रहने भएका छन् ।

अहिले उन्मुक्तीका अध्यक्ष रञ्जिता श्रेष्ठ, डा. तारा र कैलाश चौधरी आगामी सरकार गठनका सम्वन्धमा काठमाडौमा छलफल गरिरहेका छन् ।

धेरैले मुख्यमन्त्रीले राजीनामा गर्ने अनुमान गरे पनि भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशहादुर देउवाले मुख्यमन्त्रीले विश्वासको मत लिने बताए ।

स्रोतका अनुसार शाहले संसदमा बोलेर राजीनामा दिन खोजे पनि उन्मुक्तीका संरक्षक रेशमलाल चौधरीले विश्वासको मत लिन दवाव दिएको बताइन्छ ।

रेशमलालले मुख्यमन्त्रीले विश्वासको मत लिए ह्रवीप नमान्नेलाई कार्वाही गर्न सजिलो हुने भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत लिन दवाव दिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार