१५ बैशाख २०८१, शनिबार

एनआरएनए दर्ता भएको खुसीसंगै पोखियो गुनासो पनि



युरोप /माल्टा सरकारको कानुनी प्रक्रिया पूरागरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा आधिकारिक रुपमा माल्टामा दर्ता भएको खुसी संगै बैठकममा सहभागी भएकाहरुले गुनासो समेत पोखेकाछन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका भुतपुर्व अध्यक्ष एवम् सल्लाहकार बाबु अर्यालले एनआरएनए माल्टाको कार्यालयमा आईतबार भएको बैठकमा खुसीको केक काटेका थिए । २० डिसेम्बेर २०२३ का दिन माल्टामा एनआरएनए दर्ता भएको थियो ।

गैरआवासीय देशका रुपमा अहिलेसम्म माल्टामा ४ वटा देशका संस्था दर्ता भएको र तेस्रो नम्बरमा एनआरएनए दर्ता भएको महासचिब सन्देश केसीले बताए । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले एनआरएनए माल्टाको संस्थापक हुँदै अहिलेसम्म निरन्तर संस्थागत हितका निम्ती कामगर्दे आएकाहरुको योगदानकै कारण माल्टामा एनआरएनए दर्ता भएको बताएका थिए ।

उनले भने, जसरी भएपनि माल्टामा युरोप क्षेत्रीय सम्मेलन आयोजना गरेरै छोड्छौं । बैठकले माल्टा र नेपाल दुबै ठाउँमा एनआरएनए माल्टाको बैंक खाता संचालन गर्ने निर्णय गरेको छ । त्यसैगरी युरोप क्षेत्रीय सम्मेलन आयोजना माल्टामा गर्ने छलफल समेत बैठकले गरेको छ । निवर्तमान कार्यसमितिले नै गरेको निर्णयलाई वर्तमान कार्यसमितिले निरन्तरता दिई कार्यान्वयन गर्न लागेको हो ।

युरोप क्षेत्रीय सचिव भुवन अर्याल काम विशेषले नेपालमा भएको र माल्टा आईपुग्ने बित्तिकै युरोप क्षेत्रीय सम्मेलन माल्टामा आयोजना गर्ने निर्णय गरेर अगाडी बढ्ने बैठकमा छलफल गरिएको थियो । माल्टामा विभन्न संघसंस्था द्धारा आयोजना गरिने कार्यक्रमहरु समन्वय र तालमेल गरेर गर्न अपिल समेत गर्ने निर्णय भएको महासचिव सन्देश केसीले बताए ।

बैठकमा सहभागीहरुले खुला रुपमा छलफल गर्दै आफ्नो विचार समेत राखेका थिए । विचार राख्नेहरुले एनआरएनए माल्टा नेपालीले भोग्दै आएका समस्याप्रति गम्भिर नभएको कुरा उठाएका थिए । कार्यसमिति सदस्य दिपेश गुरुङले एनआरएनए माल्टाले सबैलाई समेटेर पदिय जिम्मेवारी बहन गरी काम गर्नुपर्ने बताएका थिए । कार्यसमिति नै मिलेर काम नगर्ने हो भने पदमा बसिरहन आवश्यक नरहेको बताउँदै यस्तै हो भने आफूले राजीनामा दिने सोच गरेको गुरुङले बताएका थिए ।

नेपाल माल्टा अन्लाईनका सम्पादक एवम् पत्रकार अशिम लोपचनले एनआरएनए माल्टामा गुटउपगुट भएकै कारण समस्या उत्पन्न भएको बताए । कुनैपनि सामाजिक संघसंस्थामा जब गुटउपगुट बन्छ त्यसले संस्थाको हित नगर्ने भन्दै गुटउपगुट गर्नु राम्रो नभएको लोपचनले बताए । उनले भने,“ व्यक्तिको आफ्नो राजनितिक आस्था हुन्छ तर सामाजिक संस्थाको जिम्मेवारी बहन गरेपछि संस्थामा राजतिनिक कसैले पनि गर्नु हुँदैन ।”

एनआरएनए माल्टामा अहिले राजनितिक भईरहेको र केही काम नगरेको कुरा बजारमा उठीरहेकोले यसको वास्तविकता के हो सबैले थाहा पाउनुपर्ने उनले बताए । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार हरी विसीले युरोप क्षेत्रीय सम्मेलन माल्टामै आयोजना गर्नुपर्ने भन्दै सम्मेलन सफलपार्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

एनआरएनको राम्रा कामको प्रशंसा गर्दै गलत कामको खबरदारी सधै गरी रहने बिसीले बताए । कार्यसमितिका उपाध्यक्ष सत्यनाराण झाले एनआरएनए माल्टाको लोगो समेत दुरपयोग भई रहेको बताए । संस्थाको लागो नै कसैले प्रयोग गरी आफ्नो परिचय नदिई भर्चुअल बैठमा सहभागी हुने गरेकोले यस्ता कदमलाई रोक्न आवश्यक रहेको उनी बताउँछन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका निवर्तमान महासचिब एवम् तत्कालीन समयका अध्यक्ष पदका प्रत्यासी समेत रहेका रोशन गिरीले वर्तमान कार्यसमितिले निर्वाचनमा पराजित भएकाहरुलाई व्यवास्ता गरेर अगाडी बढ्न खोजेको बताएका थिए ।

निवर्तमान कार्यसमितिले माल्टामा युरोय क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको उनले स्मरण गराउँदै आजको बैठकमा (इआरएम) युरोप क्षेत्रीय सम्मेलनको बारेमा कार्यसमितिका पदाधिकारले नै थाहा नपाएको बताउँदा दुःख लागेको गिरीले बताए । बैठकमा सहभागी सबैले अहिले माल्टामा फेक आइडी बनाएर सामाजिक संजाल फेसबुक र टिकटक मार्फत जथाभावी व्यक्तिको चरित्रहत्या गर्दै आत्मसम्मानमा चोट पुग्नेगरी लेख्ने र बोल्ने गरेकोले यस विषयमा पनि एनआरएनए माल्टाको ध्यानजान नससेको बताएका थिए ।

संस्थाका जिम्मेवार व्यक्तिका बारेमा फेक आइडी बनाई बदनाम गर्ने काम राम्रो नभएको भन्दै कोही समस्यामा परेको भए न्यायिक प्रक्रियामा जानसक्ने उनीहरुले बताएका थिए । एनआरएनले गर्न खोजेका राम्रा काममा आफूहरु सधैं साथदिन तयार रहेको बैठकका सहभागीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार