१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम समाज माल्टाद्धारा भूकम्प पीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण



माल्टा (युरोप) / सुदूरपश्चिम सेवा समाज माल्टाद्धारा बझाङका भुकम्प पीडित बाबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

घटालदेव मंगल आधारभूत विद्यालय मष्टा २ धनतोली बझाङमा अध्यनरत विद्यार्थीहरुलाइं ६० हजार बराबरको न्योनो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो । माघ २ गते सरस्वती पूजाको दिन कार्यक्रमको आयोजना गरी करिब ६० जना विद्यार्थीलाई सुदूरपश्चिम सेवा समाज माल्टाको आर्थिक सहयोगमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको समाजसेवी चन्द्रा ऐरले बताएकी छन् ।

२०८० साल असोज १७ गते गएको भुकम्पले विद्यालयको भुवन पूर्णरुपमा क्षतिभई पठनपाठनमा समस्या भएको थियो । बन्दै गरेको नयाँघर भाडामा लिएर पठनपाठनको काम सुरुगरे पनि गरिबीका कारण बालबालिका पुस माघको चिसोमा च्यातिएको कपडा लगाएर पढ्न आउने गरेको विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश बहादुर रोकायाले बताए ।

उनले भने, “सुदूपश्चिम सेवा समाज माल्टाले सहयोग संकलन गरी पठाएको रकमले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेपछि बालबालिका धेरै खुसी भएकाछन् ।” भुकम्पका कारण विद्यालय पूर्णरुपमा क्षतिभई बालबालिकाको अवस्था दयनिय छ भन्ने खबर समाजसेवी चन्द्रा ऐरले जानकारी गराउनु भएको थियो ।

भत्केको विद्यालय र पुस माघको चिसोमा पनि च्यातिएको लुगा लगाएर बालबालिका स्कूल गएको फोटा देख्दा धेरै दुुःख लाग्यो । थोरै भएपनि सहयोग गर्नुपर्छ भनेर सुदूरपश्चिम सेवा समाज माल्टाले एकहप्ता सहयोग अभियान संचालन गरी ६० हजार संकलन गरेर सहयोग रकम पठाएको समाजका अध्यक्ष दिपक सिंह ठगुन्नाले बताए ।

समाजले थालेको सहयोग अभियानमा साथ र सहयोग गर्ने सबैलाई ठगुन्नाले धन्यवाद् समेत दिएकाछन् । हाम्रो सानो सहयोगले कसैलाई ठूलो मद्दत पुग्न सक्छ । भविष्यका कर्णदार बालबालिकाको नाजुक अवस्था देखेपछि पठापाठनमा सामान्य भएपनि सहयोग पुगोस् भनेर सहयोग संकलन गरी पठाएको सुदूरपश्चिम सेवा समाज माल्टाका कोषध्यक्ष दिनेश नागरीले बताए ।

विदेशमा काम गरेर पनि मानविय सहयोग गर्न पाउँदा निकै खुसी लागेको महासचिब शिशिर जनालले बताए । उनले भने, “नागरिकको अधिकारका लागि सरकार जिम्मेबार बन्नुपर्छ ।” सुदूरपश्चिम सेवा समाज माल्टाका प्रवक्ता धनराज अविरलले यसअघि बाजुराका भुकम्प पीडितलाई समाजले ७२ हजार, त्यसैगरी जाजरकोटभुकम्प पीडितलाई १ लाख र अहिले बझाङका भुकम्प पीडित बालबालिकालाई ६० हजार नगद् सहयोग संकलन गरी पठाएको बताए ।

समाजसेवी मन भएका र सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएकाछन् । हिजोअस्ती मलिन मुहारमा देखिने बालबालिका आज नयाँलुगा र शैक्षिक सामाग्री पाएपछि उनीहरुको मुहार उज्यालो देखिएको छ । सहयोग गर्ने सुदूरपश्चिम सेवा समाज माल्टालाई सम्मान पत्रले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक पशुपतीकुमारी सिंहले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार