१६ बैशाख २०८१, आईतवार

अछामको वैद्यनाथ धाममा १४४ वर्षमा कोटिहोम



धनगढी/ नेपालको चारधाम मध्येको एक अछामको वैद्यनाथ धाममा १४४ वर्षमा लाग्ने कोटिहोम महायज्ञ यहि फागुन १० गतेदेखि २५ गते शिवरात्रीसम्म आयोजना हुने भएको छ ।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै महायज्ञ मुल आयोजक समितिका संयोजक तथा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले महायज्ञ तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा महायज्ञकालागि १ करोड ५० लाख रुपियाँ खर्चको अनुमान गरिएको छ ,जसमा ८० लाख रुपियाँ दान दाताबाट खातामा जम्मा भइसकेको ३५ लाख रुपियाँ आउन बाँकी रहेको कुँवरले बताए ।

वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती, लोक संस्कृति, लोककला, लोकगाथाको संरक्षण गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोजक कुँवरले जानकारी दिए ।

वैद्यनाथ धाममा ६/६ वर्षमा गरिने लक्ष्यहोम सहितको अर्धकुम्भ मेला,१२/१२ वर्षमा गरिने महालक्ष्य होम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम महायज्ञसहित महाकुम्भ मेलाको आयोजना गरिदै आएको छ ।

सोही परम्परा अनुरुप महायज्ञ गरिन लागेको हो । महायज्ञमा १२५ ब्रामणबाट दैनीक पुजा हवन तर्पण र सवा करोड रुपियाँ दीप प्रज्वलन गरिने समितिले जानकारी दिएको हो । स्कन्दपुराणको मानसखण्डमा बैद्यानाथ माहात्म्य र शिवपुराणमा बैद्यनाथको बारेमा वर्णन गरिएको छ ।

महायज्ञको उद्घाटन राष्टपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको कुँवरले जानकारी दिए । उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने उनले बताए ।

पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य मेघराज खड्का लगायतले समेत वैद्यनाथको महिमा र कार्यक्रम बारे प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार