१७ बैशाख २०८१, सोमबार

सत्ताका लागि होइन देश बनाउन लागौ : डा. रावल



महेन्द्रनगर / नेकपा ( एमाले ) का नेता डा. भीमबहादुर रावलले राजनीति छिमेकी भारत र चीनमा तिब्र विकास भइरहेका बेला नेपाल स्वार्थ केन्द्रित राजनीतिमा रमाउकोले विकास र समृद्धि हासिल गर्न पछाडि परेको बताएका छन् ।

शनिबार कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उनले नेताहरुको ध्यान सरकार फेरबदल, प्रधानमन्त्री तथा मन्त्री को बन्ने भन्नेमा मात्र हुन नहुने टिप्पणी गरे ।

छिमेकी दुई देशबीच अत्यन्त संवेदनशील भूराजनीति भएको नेपाल यदि कमजोर भयो भने शासन प्रणाली व्यक्तिगत स्वार्थका लागि केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य, अर्थतन्त्रको विकास कहिले गर्ने युवालाई रोजगारी कहिले दिने नेता रावलले भने, सरकार कहिले फेर्ने, मन्त्री कहिले को हुने, कहिले प्रधानमन्त्री को हुने भन्ने कुराहरु मात्र हामीले गर्‍यौं भने देशको विकास गर्न सक्दैनौं ।

उनले मुलुकको अर्थतन्त्र सुधार, मिचिएका सीमा फिर्ता, कृषि क्षेत्र विकास र रोजगारी अहिलेको मुख्य आवश्यकता भएको बताए ।

‘देश उजाड भए, सीमाना मिचिएमा, कृषि क्षेत्र तहसनहस भएर नेपाली जनताको स्वाधीनता झुक्यो भने सबै नेपालीले देश छाडेर एक करोड जनताले मुग्लान जानुप¥यो भने खेलकुदको विकास कसले गरिदेला, खेलकुदको स्वास्थ्य कस्तो होला उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार