२२ बैशाख २०८१, शनिबार

सुख्खडमा भव्य अधिवेशन हुने दावी गदै, एमाले कैलालीद्धारा लोगो सार्वजनिक



धनगढी / नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्ना लगायतले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरे । उनले सुख्खड कैलालीको मध्य भाग रहेको र जनतालाई आउन सहज हुने भएकोले सुख्खडमा अधिवेशन राखेको बताए ।

नवौ अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र सो अधिवेशनले २०८४ को चुनावमा कैलाली जिल्लालाई एमाले किल्ला बनाउने गरेर सन्देश दिने बताए ।

एमाले जनताप्रति उत्तरदायी पार्टी हो त्यसैले गर्दा नेपालमा ३७ लाख सर्वसाधारणले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् उनले भने । जनताका लागि फेरि पनि एमाले आवश्यक छ त्यसैले पाँचवटा सङ्घीय निर्वाचन क्षेत्र, १० वटा प्रदेश निर्वाचन क्षेत्र, १३ पालिका र प्रदेशकै एक मात्र उपमहानगर कैलालीमा छ त्यसैले यो जिल्लाको रणनीतिक महत्व ठूलो छ, यहाँ एमाले नै चुनाव जित्ने गरेर काम गरिरहेका छौ उनले दावी गरे ।

नेता ठगुन्नाले एमालेको सरकारका बेला सञ्चालिन रणनीतिक सडक, अस्पताल र औद्योगिक क्षेत्रका काम अहिलेको सरकारले रोकेको आरोप लगाए ।

एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले पालिका, सङ्घ, प्रदेश कैलाली जिल्ला एमालेको बनाउ किल्ला भन्ने नाराका साथ हुन लागेको जिल्ला अधिवेशनमा १५० सदस्यीय कमिटी बनाउन ५६० जना प्रतिनिधि सहभागी हुने बताए ।

उनले अधिवेशन ६ र ७ गते हुने भए पनि अधिवेशन ठिक तरिकाले सञ्चालन गर्न फागुन ३ गते नै इच्छुकहरुलाई विभिन्न पदमा मनोनयन गर्ने समय दिएर नयाँ अभ्यास गरेको बताए । उनका अनुसार थारु, दलित र महिलालाई धेरै भन्दा धेरै समट्ने गरेर प्रतिनिधि छनौटको मापदण्ड बनाइएको छ ।

एमालेले अधिवेशनको उद्घाटन समारोहमा धेरै भन्दा धेरै जनताको उपस्थिति गराउन कैलालीका घरघरमा निमन्त्रणा कार्ड पठाउने तयारी गरेको जिल्ला सचिव डेजी पाण्डेयले बताए । पत्रकार सम्मेलनको सञ्चालन उपसचिव ममताप्रसाद चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार