१६ बैशाख २०८१, आईतवार

सांसद लामा भन्छ्न, खेलकुदमा सरकारको लगानी कम भयो



धनगढी/ कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तारालामा तामाङले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा नराखेर बजेट विनियोजन नगरेको बताएका छन् ।

उनले संघ, प्रदेश र स्थानीय तहले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सोमबार लालझाडी गाउँपालिका–५ देखतभुलीमा आयोजना गरिएको छैटौं आईसीवाईसी वडाध्यक्ष कप फुटबल प्रतियोगिताको समापन गर्दै सांसद तामाङले भने सरकारले खेल क्षेत्रको विकासका लागि तत्कालै लगानी बढाउनुपर्छ । उनले सरकारभन्दा बाहिरबाट पनि खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्नुपर्ने बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा क्षेत्रमा एकपछि अर्को खेलाडी उत्पादन भइरहेकोमा पनि उनले खुसी समेत व्यक्त गरे ।

समापन समारोहलाई सम्बोधन गर्दै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले खेल क्षेत्रको विकासका लागि पालिकाले लगानी बढाउने बताए । उनले भने स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन तथा उनीहरूको व्यक्तित्व विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

लालझाडी गाउँपालिका वडा नम्बर ५ को मुख्य प्रवद्र्वनमा शुरू भएको फुटबल प्रतियोगिताको उपाधी कोहिनुर स्पा धनगढीले जितेको छ ।

उपाधीसँगै स्पाले नगद एक लाख एक हजार १११ ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै गरेर ईटाहा चारपाते आयोजकले नगद ५५ हजार १५५ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

खेलमा उत्कृष्ट खेलाडी कोहिनुरका करन पुरी, बेष्ट गोलकिपर कोहिनुरकै खम्व देउवा, उत्कृष्ट मिडफिल्ड आईसिवाईसिका ओमप्रकाश चौधरी, उत्कृष्ट डिफेन्डर कोहिनुरका भुवन जोशी, बेष्ट स्कोरोर आयोजकका शैलेश बोहरा र उदयमान खेलाडी आयोजकको सिमान राना भए ।

आयोजक ईटाहा चारपाते यूवा क्लवलाई कोहिनुर स्पाले ३–२ गोललेपछि पार्दै उपाधी हात पारेको हो । निर्धारित समयमा दुबै टिमले बरावरी खेले पनि ट्राईबेकरमा आयोजकलाइ पराजित गदै उपाधी हात पारेको हो । फाइनल खेलको म्यानअफ द म्याच कोहिनुरका गोलकिपर कुम्भ देउवा भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार