१५ बैशाख २०८१, शनिबार

एनआरएनएको प्रतिनिधिमण्डलको नवजीवन अस्पताल र फारवेस्ट युवा क्लवद्धारा स्वागत



धनगढी/ गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डललाई नवजीवन अस्पताल धनगढी र फारवेस्ट पशुपति युवा क्लवले विहीबार धनगढीमा स्वागत गरेको छ ।

अस्पतालका डाक्टर तथा प्रशासनिक समुह र फारवेस्ट पशुपति युवा क्लवका पदाधीकारीहरुले एनआरएनएका अध्यक्ष डा. बद्री केसी सहितका पदाधीकारीलाई दोसल्ला र मायाको चिनो प्रदान गरेर स्वागत गरेका हुन ।

अस्पताल र फारवेस्ट पशुपति युवा क्लवले छुट्टाछुट्टैरुपमा स्वागत गरेका हुन ।

एनआरएनले नवजीवन अस्पतालसित मिलेर स्वास्थ्य उपचार शिविरमा सहयोग गर्दे आएको छ भने फारवेस्ट पशुपति युवा क्लवलाई पनि छैटौ फारवेस्ट पशुपति फुटवल प्रतियोगिता आयोजना गर्न सहयोग गरेको थियो ।

सो अवसरमा अध्यक्ष डा. केसी क्लवलाई सहयोग गरेको पहिलो भएको बताएका थिए ।

सो कार्यक्रममा उपाध्यक्ष रामशरण सिम्खडा, दिनेश पोख्रेल, हेमन्त काफ्ले अष्ट्रेलिया, सल्लाहकारहरु टेकबहादुर कार्की, भैरव ढकाल, भवानी ओली, पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, माल्टाका सत्यनारायण श्रेष्ठ, एनआरएनए प्रमुख कार्यकारी अधिृकत राजेन्द्रकुमार रावत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार