१६ बैशाख २०८१, आईतवार

असुरक्षित गर्भपतन न्यूनीकरणमा सञ्चारमाध्यामको भूमिका हुनुपर्ने



धनगढी/ जनचेतनाको कमीका कारण नेपालमा अझै पनि असुरक्षित गर्भपतन गर्ने दर धेरै रहेकोले त्यसको न्युनीकरणका लागि सञ्चारमाध्यामले समेत भूमिका खेल्नु पर्ने यहाँ औल्याइएको छ ।

बिहीबार धनगढीमा स्वास्थ्य लाइभ भिडियाद्धारा आयोजित सुरक्षित गर्भपतन सम्वन्धी सञ्चारकर्मीसंगको अन्तरक्रियामा बोल्दै स्वास्थ्य क्षेत्रका अगुवाहरुले सो कुरा बताएका हुन ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले नेपालमा ५३ प्रतिशत अनिच्छित गर्भ रहने गरेकोमा ५२ प्रतिशत असुरक्षित गर्भपतन भइरहेको बताए । उनले पाँच प्रतिशत महिलाको असुरक्षित गर्भपतनकै कारण ज्यान जाने गरेको बताए ।

स्त्रीरोग विषेशज्ञ डा. गणेशबहादुर सिंहले वच्चा नचाहिने अवस्थामा अस्थायी साधनको प्रयोग गरेमा अनिच्छित गर्भ नबस्ने बताउदै त्यसो हुँदा गर्भपतन गर्नु नपर्ने र महिलाको ज्यान सुरक्षित रहने बताए । उनले अस्थायी साधान प्रयोग र असुरक्षित गर्भपतनले हुने जोखिम बारे सञ्चारमाध्यामले चेनतामुलक समाचार दिनु आवश्यक भएको बताए ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वास्थ्य पत्रकार अर्जुन अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार