१६ बैशाख २०८१, आईतवार

सीमान्तकृत महिलाहरुको समावेशीकरणलागि सहयोग गर्छो : जनप्रतिनीधि



धनगढी/ कैलाली जिल्लाका जनप्रतिनिधिहरुले सीमान्तकृत महिलाहरुको सामाजिक समावेशीकरणका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।

यूएनडिपीको सहयोगमा फाया नेपाल कैलालीद्धारा सञ्चालित सीमान्तकृत महिलाहरुको सामाजिक समावेशीकरण लागि वित्तिय सहयोग कार्यक्रम सिकाइ आदानप्रदान कार्यशालामा बिहीबार बोल्दै उनीहरुले सो कुरा बताएका हुन ।

फायाले सो कार्यक्रम अन्तरगत गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे र कैलारी गाउँपालिका बस्ने विभिन्न र विभिन्न मुद्धामा सजाय पाएर कारागारमा रहेका ३० जनाका श्रीमतीहरुलाई विभिन्न व्यवसायका लागि सहयोग गरेको छ ।

सो अवसरमा बोल्दै गौरीगंगा नगरपालिकाका मेयर देवीदत्त कँडेलले यस्ता व्यवसायमा संलग्न गराइदिदा पीडा भुल्ने अवसर प्राप्त हुने बताए । उनले आफ्नो नगरपालिकाले पनि मुद्धामामिलामा जेलमा रहेकाहरुका परिवारकालाई सक्दो सहयोग गर्ने बताए ।

जेल बस्नेका परिवारलाई हेर्ने समाजको दृष्टीकोण ठिक नभएको बताउदै उनले भने, परिवारलाई त्यसमा दोष दिन नहुने र परिवारजनलाई सबैले सहयोग गर्नुपर्छ ।

चुरे गाउँपालिकाका अध्यक्ष अध्यक्ष चक्र बोगटीले जेल सजाय पाएकाहरुका परिवारले समाजमा अपहेलित भएर बस्न नपर्ने गरेर काम गर्ने बताए । उनले त्यस्ता पीडितले एकै खेलको पेशा गरे सफलता पाउने बताउदै जलवायुमैत्री कृषि पेशा अगाल्न पनि आग्रह गरे ।

सीमान्तकृत महिलाहरुको सामाजिक समावेशीकरण लागि वित्तिय सहयोग कार्यक्रमका संयोजक अमिर रानाले चारवटा पालिकाका ३० जना महिलालाई ४० हजारका दरले जीविकोपार्जनका लागि सहयोग गरेको बताए

फायाका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन फायाकै सच्चिदानन्द जोशीले गरेका थिए । कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी, गोदावरी नगरपालिका–५ का वडाअध्यक्ष सुद्धीराम चौधरी, चुरे गाउँपालिका–१ का वडाअध्यक्ष डम्मरबहादुर सिंह, गौरीगंगा नगरपालिका–१ का वडाअध्यक्ष डवलबहादुर दियाकोटी, वडानम्बर ३ का वडाअध्यक्ष मनिराज जोशी, वडानम्बर ४ का वडाअध्यक्ष रामबहादुर चौधरी, वडानम्बर ६ का वडाअध्यक्ष टेकबहादुर कुँवर र व्यवसायीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार