२१ कार्तिक २०८२, शुक्रबार

मुक्त कमैयाहरु फेरि आन्दोलित हुने



धनगढी/ कमैया मुक्ती भएको २३ वर्ष पुग्दा पनि उचित पुनरस्थापना नभएको भन्दै मुक्त कमैया तथा कमलहीहरुले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मुक्त कमैया र कम्लहरीका अगुवाहरुले काठमाडौमा नेपाल सरकारका मन्त्रीसहिताका सरोकारवालासित भेटेर ११ बुँदे माग राखेर यथासिघ्र मागको सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

मुक्त कमैयाहरुले शिक्षा, विज्ञान तथा प्रविधि अशोककुमार राई, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ लगायतका मन्त्रीसहितका सरोकारवालाई भेटेका थिए ।

नेपाल सरकारले दासताको जीवनबाट कमैयाहरुलाई मुक्तीको घोषणा गरेको २३ वर्ष र कमलहरी मुक्त घोषणा गरेको १० वर्ष बितिसकेको छ ।

मुक्त कमैया महिला विकास मञ्च, कैलालीका अध्यक्ष कौशिला चौधरीले सरकारले मुक्त कमैया तथा कमलहरीका सवाल तथा समस्याहरु सम्बोधन गर्न बेवास्ता गर्दै आएको आरोप लगाउदै अब आन्दोलनमा जानुको विकल्प नभएको बताइन ।

उनले सरकारले मुक्त कमैया, कमलहरीसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न र समूदायले भोगेको समस्याहरुको समाधान गर्न चाँसो नदिएको आरोप लगाइन ।

मुक्त कमैयाहरुले मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने, गरिवी निवारण मत्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवाको लागि तयार पारेको पूनःस्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्नुपर्ने, मुक्त कमैया, कमलरीहरुको समस्या समाधानको लागि एकीकृत ऐन जारी गरी पूनःस्थापना कार्य अगाडि बढाउनु पर्ने माग राखेका छन् ।

ती माग पत्रमा मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष कौशिला चौधरी र कमैया र कमलहरी आन्दोलन अभियानकर्ता सीमाकुमारी चौधरीको संयुक्त हस्ताक्षरमा गरेकी छन् । माग पत्रमा मुक्त कमैया र कमलहरीहरुद्धारा सञ्चालित सहकारीहरुमा बिउ पूँजीको व्यवस्था गरिनुपर्ने, नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पिएचडी, चिकित्सा, ईन्जिनियरिङ, सूचना तथा प्रविधि) आदि गरिनुपर्ने उल्लेख छ ।

सरकारलाई दवाव दिनका लागि संविधानसभा सदस्य हरिराम श्रीपाइली, दलित गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष गजाधर सुनार, भागिराम चौधरी, मुक्त कमैया वर्ग सञ्जाल कैलालीका अध्यक्ष रामपल चौधरीलगायतका अगुवाहरु काठमाडौ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार