१५ बैशाख २०८१, शनिबार

‘म सुदूरपश्चिमकै जनताको लागि लडिरहेको छु’



धनगढी/ सुदूरपश्चिमेली नागरिकको समेत चर्को आलोचना भएपछि प्राध्यापक डा. गोविन्द केसीको धनगढीमा गरिरहेको अनसन अन्त्य भएको छ ।

उनले स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित उहाँले शुक्रबारदेखि धनगढीमा सत्याग्रह गरिरहेका थिए । उनको विरुद्धमा सामाजिक सञ्जालदेखि सडकमा समेत आलोचना भएको थियो । सुदूरपश्चिमेलीले गेटामा बन्न थालेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नदिन डा. केसी लागेको भन्दै विरोध जनाइरहेका छन् ।

यद्यपी अनसन तोड्दै डा. केसीले आफू सुदूरपश्चिमसहित देशकै जनताको लागि लडिरहेको बताए । उनले भने सुदूरपश्चिमका लाखौं जनता विशेषज्ञ सेवा पाइरहेका छैनन् । त्यस्तै, डाक्टर, नर्स पढ्न पाउनबाट बञ्चित भइरहेका छन् , यहाँ तीन सय शøयाको अस्पताल र प्रतिष्ठान वा मेडिकल कलेज शीघ्र सञ्चालन होस भनेर म लडेको हो नि ! जसलाई यहिँका नेताले रोकेर राखेका छन् । म आफ्नो लागि लडेको होइन ।

उनले भने विगतको सरकारले ३०० शप्याको अस्पताल सञ्चालन गर्ने आफूसंग सहमति पनि गरेको हो, मेरो उद्देश्य गेटामा अस्पताल, कलेज सञ्चालन र दक्ष जनशक्ति उत्पादन हो ।

उनले विश्वविद्यालयको अवधारणा कहाँबाट आयो ? भन्ने प्रश्न पनि गरे । तर सुदूरपश्चिमेली विश्वविद्यालयकै पक्षमा छन् । डा. केसीले भने यो सबै कुरा प्रतिष्ठान वा कलेज बनाएर हुन्छ भने, पहिले प्रतिष्ठान वा मेडिकल कलेज सञ्जालन गरौं, अनि विश्वविद्यालयका लागि अगाडि बढौं, त्यसको लागि म नै लड्छु ।

विश्वविद्यालय लड्तरो कुरा होइन डा केसीले भने यसका लागि ठूलो लगानी, थुप्रै जनशक्ति आवश्यक पर्छ । यसैगरी, विश्वविद्यालय बनाउन अवधारणापत्र, देश विदेशका मेडिकल एजुकेसनका विज्ञबाट फिजिबिलिटी अध्ययन र परियोजना हुनु पर्ने केसीको भनाइ थियो । विश्वविद्यालयका लागि वर्षौ लाग्छ उनले भने विज्ञको टोलीले ठाउँ फिजिबल नरहेको पनि भन्न सक्छ ।

उनले थपे यहाँ विश्वविद्यालय नै बनोस त्यसमा मेरो आपत्ति छैन । तर, मेरो ध्यान के मात्रै हो भने ३०० शप्याको अस्पताल पहिले सञ्चालन गरियोस । किनभने, यत्रो लगानी भइसक्दा जनताको कर खेर गइरहेको छ । तर, सेवा पाइरहेका छैनन् ।”
चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगलाई मतलबै नगरेर वर्तमान सरकारले सस्तो लोकप्रियताका लागि गेटामा विश्वविद्यालय स्थापना गर्ने भनेको हो उनले दावी गरे ।

३० वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै गर्दा देखेको समस्याका कारण दुखेर नै आफूले यो लडाई लडिरहेको केसीले दावी गरे । उनले मेडिकल शिक्षा क्षेत्रका विज्ञ नभएकाहरुले आफ्नो सत्याग्रहको बारेमा भ्रम फैलाउनुका साथै आफूलाई दुव्र्यवहार गरेको बताए ।

उनले थपे विश्वविद्यालयको संघर्ष समितिका भनेका व्यक्तिहरु कोही डाक्टर थिएनन् । विज्ञ उनीहरु होइन विज्ञ म हो । मलाई सबै कुरा थाहा छ नि । किनभने यसको बारेमा लडेको मान्छे म हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार