१५ बैशाख २०८१, शनिबार

भीम रावलले गरे डा. केसीको सर्वत्र विरोधको लागि आह्वान



काठमाडौ/ नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको विपक्षमा रहेको भन्दै सर्वत्र विरोधको लागि आह्वान गरेका छन्।

डा. केसी अनसनका लागि धनगढी पुगेका बेला नेता रावलले आइतबार फेसवूक पेज र ट्वीटरबाट सो आव्हान गरेका हुन ।

डा.रावलले भनेका छन्, डा. गोविन्द केसीको काम देश र जनताको हीतमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ।

गेटामा अनसन बस्ने पुगेका केसीलाई स्थानीयले लखेटेपछि लक्ष्मीनारायण मन्दिरमा पुगेका छन्। सुदूरपश्चिममा उनको विरोधमा प्रदर्शन समेत भएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार