१५ बैशाख २०८१, शनिबार

धनगढीमा भव्य स्वागत पाएका पल शाहको ब्रासलेट हरायो



धनगढी/ धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार हिजो (शनिबार) शाहको करिब तीन तोलाको सुनको ब्रासलेट हराएको हो।

स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो भन्ने विषयमा भने कुनै पत्तो लाग्न सकेको छैन ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए। उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर शाहले ब्रासलेट हराएकोमा कुनै दुःख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे।

यस्तै हिजोकै महोत्सव कार्यक्रममा उद्घोषकले पनि नायक शाहको ब्रासलेट हराएको जानकारी गराएका थिए।

उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सवमा शनिबारमात्रै एक लाख बढी दर्शक आएको बताइएको थियो। महोत्सवमा नायक शाहलाई भव्यरुपमा दर्शकले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार