१७ बैशाख २०८१, सोमबार

अभिभावक शिक्षा सम्वन्धी सात दिने तालिम शुरु



धनगढी/ धनगढीमा अभिभावक शिक्षा सम्वन्धी सात दिने आधारभूत तालिम शुरु भएको छ ।

नेपालमा प्रारम्भिक बाल शिक्षा र विकासको सवलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना अन्तरगत भएको सो तालिममा कैलालीको भजनी नगरपालिका कञ्चनपुरको बेलडाँडी र लालझाँडी गाउँपालिकाका ७० जनाको सहभागिता छ ।

आज भएको उद्घाटन कार्यक्रममा बोल्दै भजनीका मेयर केवल चौधरीले आफ्नो पालिकामा अभिभावक शिक्षा कार्यक्रम लागू गर्ने प्रतिवद्धता गरे । उनले भने यो महत्वपूर्ण विषय हो, यसमा अभिभावक पनि सचेत हुनुपर्छ ।

सो अवसरमा बोल्दै लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले अभिभावक शिक्षालाई व्यवहारमा उतार्न जरुरी भएको बताउदै यो कार्यक्रम सफल बनाउन पालिकाले सक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा भजनीका उपमेयर राजू तिरुवा, शिक्षा शाखा प्रमुख सूर्यबहादुर सिंह, पिसविनका हर्कबहादुर ओली लगायतको उपस्थिति थियो । उद्घाटन कार्यक्रममा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका रितिका दाहालले तालिमको उद्धेश्य बारे प्रकाश पारेकी थिइन ।

सात दिने तालिमका सहभागीलाई टीकाकुमारी बुढा, रमा थपलिया, जानकी सिंह, भजनी, लालझाडी र बेलडाँडीको बालबिकास संयोजकहरु क्रमश सविता चौधरी, सुनिता राना र इन्द्रा खड्काले प्रशिक्षण दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार