२४ बैशाख २०८१, सोमबार

यातायातको इन्टरनेट वन्द हुँदा काम प्रभावित, सेवाग्राही आक्रोसित



धनगढी/ यातायात व्यवस्था कार्यालयमा दिउँसो नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राहीले आक्रोस पोखेका छन् ।

दिउँसो ११ : ३० बजे नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध आफूहरुले यातायातबाट पाउनु पर्ने सेवामा ढिलाई भएको कैलालीको सुख्खडका ताराप्रसाद सुवेदीले बताए ।

उनका अनुसार दिउँसो १ : ३० तिर मात्रै इन्टरनेट सेवा फेरि सञ्चालन भएको थियो ।

सेवा अवरुद्ध हुँदा छ सय भन्दा बढी सेवाग्राही आक्रोसित भएका थिए । सेवाग्राही आक्रोसित भएपछि प्रहरी बोलाएर कर्मचारी र कार्यालयको सुरक्षा गराइएको थियो ।

सो कार्यालयका प्रमुख नरेन्द्र शाहले टेलिकमले समवन्य नगरेर मर्मत कार्य गरेर इन्टरनेट सेवा अवरुद्ध गरिदा सेवाग्राही आक्रोसित हुने अवस्था आएको बताउछन् । उनले एक घण्टाजति मात्र सेवा अवरुद्ध भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार