१७ बैशाख २०८१, सोमबार

एमालेद्वारा विश्वविद्यालय स्थापना र ६०० शैया सञ्चालनको माग



धनगढी/ नेकपा (एमाले) ले विश्वविद्यालय सम्वन्धी विधेयक पारित गर्न र सुदूरपश्चिमको गेटामा ६०० शैयाको अस्पताल शुरु गर्न माग गरेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्णप्रसाद जैसीले विहीबार एक विज्ञप्ती जारी गर्दै गेटामा तत्काल दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्नु भएको छ ।

बुधबारबाट एक सय शैयाको अस्पताल शुरु गरेकोमा धन्यवाद दिदै यसलाई एक सय शैयाको अस्पतालमा मात्र केन्द्रित नगर्न ध्यानाकर्षण गरिएको छ ।

अध्यक्ष जैसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१०० शैया मात्र सञ्चालन गरिने विषयले हामीलाई सशंकित बनाएको छ नेकपा एमाले सुदूरपश्चिम विश्वविद्यालय सम्वन्धी विधेयक शीघ्र पारित होस र अस्पतालका ६०० शैयाा पूर्ण रुपमा सञ्चालन गर्न सकियोस भन्ने मागसहित शिक्षा, स्वास्थ्यमा पछाडि परेकोसुदूरपश्चिमका जनतालाई सहयोग पुगोस भन्ने आग्रह गर्दछौं ।‘’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार