१५ बैशाख २०८१, शनिबार

पोखरामा स्केटबोर्डिङ्ग च्याम्पियनशिप हुँदै



काठमाडौ/ पोखरामा असोज १३ देखि १४ गतेसम्म प्रदेश स्तरिय स्केटबोर्डिङ्ग च्याम्पियनशिप २०८० हुने भएको छ ।

नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ, खेलकुद महासंघ समाजवादी गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सो च्याम्पियनशिप हुने भएको हो ।

नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघका केन्द्रीय महासचिव सत्य थापाका अनुसार च्याम्पियनशिपमा सातै प्रदेशबाट महिला र पुरुष खेलाडीहरुले भाग लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार