१६ बैशाख २०८१, आईतवार

डा. आरजुले भिजाइन् धनगढीस्थित निवासमा बिरूडा



धनगढी / पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी निवासमा गौराका लागि विरुडा भिजाइएको छ ।

सोमबार परेको विरुडा पञ्चमीको दिन देउवा पत्नी डाक्टर आरजु राणा देउवाले निवासमा पञ्च विरुडा भिजाएकी हुन् । धनगढीको देउवा निवासमा हरेक वर्ष गौरा ल्याउने गरिन्छ ।

गौरा ल्याउन देउवा पत्नी डाक्टर आरजु राणा देउवासहित परिवारका अन्य महिलाले विरुडा पुजन गर्दै भिजाए ।
डडेल्धुरामा छँदा पनि देउवा निवासमा गौरा ल्याइने भएकाले धनगढीमा पनि ल्याउन थालिएको बताइन्छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार