१५ बैशाख २०८१, शनिबार

“ऐंचै पैचो” फिल्मको टेलर लोकप्रिय बन्दै



काठमाडौ/ आगामी भदौ १४ गते प्रदर्शन हुने “ऐंचै पैचो” नेपाली सिनेमाको टेलर सार्वजनिक भएको एक साता नपुग्दै युटुवमा १२ लाख ४० हजार बढीले हेरेका छन् ।

सो फिल्मको टेलर गत सोमबार काठमाडौमा टेलर सार्वजनिक गरिएको थियो ।

फिल्मको टेलर यति धेरै हेरिनुलाई हामीले फिल्म राम्रो चल्छ भन्ने प्रमाणित भएको सो फिल्मका सहनिर्माता विशाल चौलागाईले बताए ।

हामी उत्साहित छौ उनले भने त्यसैले अस्ति एक मिलियन पुगेको दिन केक पनि काट्यौ । फिल्मको चर्चा चुलिएपछि ललितपुरको लभिम मलमा “ऐंचै पैचो” को फिल्म प्रदर्शन शुरु नहुँदै पोस्टर समेत राखिएको छ ।

“ऐंचै पैचो” नेपाली सिनेमाको श्रीमति कृषा चौलागाईले निर्देशक गरेकी हुन । कृषा १६ वर्षको उमेरदेखि चलचित्र निर्माणमा संलग्न छिन । उनले पहिलो चलचित्र इन्साफ निर्माण गरेकी थिएन । उनले के म तिम्रो साथी बन्न सक्छु, कसम हजुरको, पलाससम्म निर्माता भएर काम गरिन ।

त्यसपछि उनले एैना फिल्मको उनले निर्देशन गरिन । एैनाबाट राष्टिय र अन्तराष्टिय पुरस्कार पाएर उनले आफ्नो निर्देशक शैली स्थापित गर्न सफल भइन । उनी देशकै कान्छी निर्मात्री हुन । लघु बृत्तचित्र निर्माणमा पनि उनी सफल मानिन्छिन् ।
पछिल्लो समयमा श्रीमति कृषाले ऐंचौपैचो निर्देशन गरेकी हुन । यसअघि सो फिल्मकै काले केटाले गीत सार्वजनिक गरिएको थियो । सो गीतलाई युटुवमा ३० लाख २८ हजार बढीले हेरिसकेका छन् ।

“ऐंचैपैचो” फिल्ममा नेपालको सामाजिक, अहिले समसामयिक युवा राजनीति, वैदेशिक रोजगारीका पीडाको अवस्था समावेश गरेको सो फिल्म केपी फिल्म प्रालिको व्यानरमा बनेको हो । फिल्ममा कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बद्धी तामांग, काली बुढी लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार