१६ बैशाख २०८१, आईतवार

ओली-रावल भेटवार्ता : फेरि भेट्ने सहमति



काठमाडौं/ नेकपा ( एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष डा. भीम रावलबीच लामो समयपछि पार्टी कार्यालयमा भेटबार्ता भएको छ । दुई नेताबीच सो पार्टीको १० औं महाधिवेशनपछि भेटघाट बन्द भएको थियो ।

छलफलपछि प्रतिक्रिया दिदै नेता भीम रावलले फेरि कुराकानी गर्ने गरेर मंगलबारको छलफल सकिएको बताए ।
आज भलाकुसारी भएकोछ फेरि भेट्ने कुरा भएको छ नेता रावलले भने ।

हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग भलाकुसारी, के छ कस्तो छ भन्ने भलाकुसारी गरियो, उनले भने ओलीसँगको भेटमा देश र पार्टीको अवस्थाका विषयमा कुराकानी भयो ।

देशको स्थिति पार्टीको अवस्था के छ ? कस्तो छ ? यसमा हाम्रा आफ्नो सोच दृष्टिकोण के छन् त्यसमा सामान्य कुराकानी भयो । फेरि कुराकानी गर्ने कुरा छ रावलले भने, उहाँ पार्टीको अध्यक्ष, पार्टीको अध्यक्षसँग धेरै देश विदेशको विषयमा जानकारी हुन्छ सूचना हुन्छ । म पनि अध्ययन गर्ने मान्छे । आफ्ना विचारहरू, अहिलेको अवस्था के छ कस्तो छ भन्ने भयो । फेरि कुराकानी गर्ने कुरा छ ।

दशौँ महाधिवेशनका ओलीविरुद्ध अध्यक्षमा रावलले उम्मेदवारी दिएपछि उनीहरुबीच बोलचाल नै बन्द भएको थियो । तपाईलाई केही जिम्मेवारी दिने कुरा भयो त भन्ने प्रश्नमा भने रावलले प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार