२० बैशाख २०८१, बिहीबार

गौरा पर्व भदौ ७ गत मनाइने, प्रदेश सरकारले दियो दुई दिने विदा



धनगढी / सुदूरपश्चिम प्रदेश अन्तर्गतका देव–देवालयहरुमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको छ ।

सो पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन विदा दिएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पचाञ्ङ्ग निर्णायक विकास समितिद्धारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निश्कर्ष निकालेका थिए । सो निस्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो ।

यसैवीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो. दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ती जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन आग्रह गरे ।

शास्त्रीय मान्यता अनुसार यो पर्व अगस्त्योदय पश्चात र असोज अर्थात कन्यार्कम गर्नु हुदैन भन्ने सर्वविदितै छ उनले विज्ञप्तीमा भनेका छन् भाद्र ७ गते पश्चात यो पर्व मनाउँदा प्रचलित अगस्त्योदयसाधना गर्ने गणितद्धारा अगस्त्यको उदय हुने र सुतकलाग्ने भएकोले भाद्र ७ गते नै सो पर्व मनाउनुपरेको यथार्थ पनि समस्त गौरा पर्वनुरागी सज्जन वृन्दमा सादर निवेदन गर्दछु ।

तत्कालिन राज्यमन्त्री स्व. प्रेमसिंह धामीको पहलमा २०५२ सालदेखि गौरा पर्व मनाउन सुदूरपश्चिम प्रदेशमा विदा दिन थालिएको थियो ।

गौरामा डेउडा खेल्ने र प्रसादको रुपमा विरुडा ग्रहण गर्ने चलन छ । सो पर्व सुदूरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, बैतडी, दार्चुला तथा पछिल्लो समय तराईका कैलाली, कञ्चनपुर र नेपालको राजधानी काठमाडौमा समेत विषेशरुपमा मनाइने गरिएको छ ।

दुर्वाष्टमीमा शुरु हुने गौरा पर्व ठाउँ अनुसार चार दिनसम्म मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार