१६ बैशाख २०८१, आईतवार

“ऐंचै पैचो” को स्क्रिप्ट म अझ रोचक बनाउथे पूर्वमन्त्री आले (टेलर भिडियो सहित)



काठमाडौ/ आगामी भदौ १४ गते प्रदर्शन हुने “ऐंचै पैचो” नेपाली सिनेमाको सोमबार काठमाडौमा टेलर सार्वजनिक भएको छ ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री तथा प्रतिनीधि सभा सदस्य प्रेम आलेमगरले “ऐंचै पैचो” फिल्मको टेलर राम्रो भएको चर्चा गरे । उनले नेपालको वर्तमान राजनीति अवस्थालाई सही ढंगले फिल्ममा उठाइएको बताए ।

गरिबको पक्षमा लाग्दालाग्दै धनी भएको थाहा नै पाएन भन्ने डाइलक गज्जव छ पूर्वमन्त्री आलेले भने – यो फिल्मको स्क्रिप्ट आफूलाई समेत देखाइएको भए अझ रोचक बनाउथे ।

“ऐंचै पैचो” नेपाली सिनेमाको श्रीमति कृषा चौलागाईले निर्देशक गरेकी हुन । सो फिल्ममा विशाल चाँपाइगाई सहनिर्माता रहेका छन् ।
कृषा १६ वर्षको उमेरदेखि चलचित्र निर्माणमा संलग्न छिन । उनले पहिलो चलचित्र इन्साफ निर्माण गरेकी थिएन । उनले के म तिम्रो साथी बन्न सक्छु, कसम हजुरको, पलाससम्म निर्माता भएर काम गरिन ।

त्यसपछि उनले एैना फिल्मको उनले निर्देशन गरिन । एैनाबाट राष्टिय र अन्तराष्टिय पुरस्कार पाएर उनले आफ्नो निर्देशक शैली स्थापित गर्न सफल भइन । उनी देशकै कान्छी निर्मात्री हुन । लघु बृत्तचित्र निर्माणमा पनि उनी सफल मानिन्छिन् ।

पछिल्लो समयमा श्रीमति कृषाले ऐंचौपैचो निर्देशन गरेकी हुन । यसअघि सो फिल्मकै काले केटाले गीत सार्वजनिक गरिएको थियो ।

“ऐंचैपैचो” फिल्ममा नेपालको सामाजिक, अहिले समसामयिक युवा राजनीति, वैदेशिक रोजगारीका पीडाको अवस्था समावेश गरेको सो फिल्म केपी फिल्म प्रालिको व्यानरमा बनेको हो । फिल्ममा कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बद्धी तामांग, काली बुढील लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार