२० बैशाख २०८१, बिहीबार

भानुभक्तको जन्मजयन्तीमा राष्ट्रिय विदा दिन माग



धनगढी/ सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा अतुलनिय योगदान दिएको बताएका छन् ।

भानुभक्तको २१० औ जन्मजयन्तीको अवसरमा धनगढीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय विभुति घोषणा गरिएका भानुभक्तको जन्मजयन्तीमा राष्ट्रिय विदा दिंदा उपयुक्त हुने समेत बताए ।

सो अवसरमा जसुदा भट्ट शिक्षा सेवा पुरस्कारबाट शिक्षासेवी तर्कराज जोशीलाई २५ हजार राशी रुपियाँको मरोणान्त र सुदूरपश्चिम साहित्य पुरस्कार तिलक सिंहलाई दिइएको थियो । साहित्कार सिंहलाई १२ हजार पाँच सय राशीको पुरस्कार दिइएको हो ।

कार्यक्रम सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार