७ पुष २०८१, आईतवार

सुदूरपश्चिम प्रदेश सभाको बैठक सर्यो



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बैठक विहीबारका लागि सरेको छ । प्रधानमन्त्री पुष्कमल दाहालकी पत्नि सीता दाहालको निधन भएको अवस्थामा बैठक सञ्चालन गर्नु उचित नहुने भन्दै बैठक सारिएको हो ।

आज ३ बजे बजेटमाथिको छलफलका लागि प्रदेश सभा बैठक बस्ने कार्यसूची तय गरिएको थियो । तर विहान प्रधानमन्त्री दाहालकी पत्निको निधन भएकोले बैठक स्थगित गरिएको कार्य व्यवस्था परामर्श समितिका सदस्य रहेका डा. ताराप्रसाद जोशीले बताए ।

सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको बैठक बसेर नै बैठक सारिएको हो ।

उनका अनुसार बजेटमाथिको छलफलमा सबैले भाग लिन पाउने अवस्था सृजना गर्न विहीबारदेखि विहान र दिउँसो दुई पटक बैठक गरिने भएको छ । बिहिबार विहान ८ : ३० बजे र त्यसपछि दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार