७ पुष २०८१, आईतवार

दुई युवामाथि खुकुरी प्रहार, टीकापुरमा गुण्डाराज कायमै



धनगढी / टीकापुरमा पटकपटक हत्या र आक्रमणका घट्ना भइरहन्छन् । यसपटक पनि मंगलबार राति दुई जना युवालाई खकुरी प्रहार गरिएको छ ।

नेकपा (एमाले ) कैलालीका जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य वम ओलीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले खुकुरी प्रहारबाट घाइते भएका दुवै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए । अर्यालकाअनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।

आक्रमणपछि शाह समूह फरार छ । शाह नेपाली काँग्रेस निकट रहेको पनि खुलेको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैवीच नेकपा (एमाले) कैलालीले एक विज्ञप्ती जारी गरेर आक्रमणकारी समूहले राज्य सत्ताको संरक्षणमा पूर्वी कैलालीमा आतंक मच्चाइहेको जनाएको छ ।
यस्तो छ विज्ञप्तीको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार