११ जेष्ठ २०८३, सोमबार

सुखडको प्रहरी कार्यालय पछाडि भेटिएको बम सेनाद्वारा निष्क्रिय



धनगढी / कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा दबिएर रहेको अवस्थामा ग्रिनेट बम फेला परेको छ।

प्रहरी कार्यालय क्षेत्र नजिकैबाट अहिले नाली निकासको काम भइरहेको छ । त्यहि क्रममा बम फेला परेपछि प्रहरीले बढैपुर स्थित नेपाली सेनालाई बोलाएर बम निस्क्रिय गराएको थियो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले सो प्लास्टिक ग्रिनेट बम द्वन्द्वकालको समयको हुन सक्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार