२७ कार्तिक २०८२, बिहीबार

धनगढी तारानगरका ओझाको सुसाइड नोटमा के छ, प्रहरीले अनुसन्धान गर्दे




धनगढी / बिहीबार बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय तोयनाथ ओझाले ‘सुसाइड गरेको कोठामै सुसाइड नोट भेटिएको छ ।

सो नोटमा ओझाले आफ्ना बुवाआमालाई दुःख दिए भन्दै क्षमा मागेका छन् भने प्रेमिकालाई समेत सम्बोधन गर्दै माफी मागेका छन् । प्रहरी स्रोतका अनुसार ‘बुवा र आमा हजुुर तपाईहरुलाई धेरै दुःख दिए क्षमा चाहान्छु । मेरोबारे चिन्ता नलिनुहोला राम्रोसँग बस्नुहोला, ओझाले ‘सुसाइड नोट’मा लेखेका छन्,’ ।

सोही नोटमा प्रेमिकालाई सम्बोधन गर्दै ओझाले लेखेका छन्, ‘तिमीलाई धेरै माया गर्थे अब एक्लै रहने भयौँ है सरी । ’ ओझा बिहीबार बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुलदीप चन्दले ओझाको कोठामा भेटिएको ‘सुसाइड नोट’ बारे अध्ययन भइरहेको बताए । उनको मृत्युबारे समेत थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार