१८ बैशाख २०८१, मंगलवार

मुख्यमन्त्री कार्यालयको गेटमा सिट्ठी र शंख फुकियो



धनगढी/ अपाङ्गता भएकाहरुलाई प्रदेश सरकारले पनि हेपेको भन्दै आइतबार सुदूरपश्चिमका मुख्यमन्त्रीको कार्यालय अगाडि सिट्ठी र शंख फुकिएको छ ।

सरकारको ध्यानाकर्षण गर्नका लागि अपाङ्गता भएकाहरुले सिट्ठी र शंख फुकेका हुन ।

अत्याधिक गर्मी र छिन–छिनमा वर्षा भइरहेको धनगढीमा एक हप्ता बढी हुँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले भने कुनै चाँसो देखाएको छैन् ।

प्रदेश सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरीकलाई होच्याउने र अपमानित खालका शब्द प्रयोग गरेको र बजेटमा अपाङ्गता भएकालाई नसमेटेको भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।

कहीँ कतैबाट केही सम्बोधन गर्ने छाटकाँट नदेखेपछि सडक आन्दोलन गर्न बाध्य भएको अपाङ्गता अधिकार प्रर्वद्धन संघर्ष समितिका संयोजक भीमवहादुर शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार